+
+
Shares

विनाकारण भीआईपी पक्राउ गर्ने हो भने सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १२:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले विनाकारण विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम जारी रहे सरकारलाई मूल्य धेरै ठूलो चुकाउनुपर्ने बताएका छन् ।
  • उनले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको भए त्यो घातक हुने र यस्ता घटना नदोहोर्‍याउन आग्रह गरेका छन् ।
  • प्रचण्डले सुरक्षा थ्रेट भनिएको विषय बहानाबाजी भएको र साँच्चै थ्रेट भए पक्राउको साटो सुरक्षाकर्मी बढाउनुपर्ने बताएका छन् ।
  • उनले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले बोल्नुपर्ने कुरा स्वाभाविक रूपमा बोलेको भन्दै अनावश्यक बढाइचढाइ गर्न नहुने प्रतिक्रिया दिएका छन् ।

१२ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विनाकारण विशिष्ट व्यक्ति (भीआईपी) हरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले धेरै ठूलो मूल्य चुकाउनुपर्ने टिप्पणी गरेका छन् ।

सोमबार संघीय संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक प्रचण्डले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुने र यसको मूल्य धेरै ठूलो चुकाउनुपर्ने बताएका हुन् ।

‘तथ्य विस्तारै आउँछ, सरकारले छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने त्यो पनि घातक हुन्छ,’ प्रचण्डले भनेका छन् । यस्ता घटना नदोहोर्‍याउन उनले सरकारलाई आग्रह समेत गरे ।

सुरक्षा थ्रेट भनिएको विषय सामान्य मानिसले पनि बुझ्ने खालको बहानाबाजी मात्र भएको उनको भनाइ थियो । यदी साँच्चै ‘सुरक्षा थ्रेट’ थियो भने पक्राउ गर्नुको साटो घरमै सुरक्षाकर्मी बढाइदिनुपर्ने तर्क प्रचण्डको थियो ।

‘त्यो सुरक्षा थ्रेट भन्ने बहानाबाजी हो । त्यो लाटोले पनि बुझ्छ बहानाबाजी हो भन्ने,’ प्रचण्डले भने, ‘सुरक्षा थ्रेट हो सुरक्षाकर्मी बढाइदिन पर्‍यो नि ।’

त्यस्तै प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीले अहिले जे बोल्नुपर्थ्यो त्यही लाइनमा बोलेको र त्यो स्वाभाविक रहेको प्रतिक्रिया पनि दिए ।

यस विषयलाई लिएर अनावश्यक बढाइचढाइ गर्न जरुरी नरहेको भन्दै उनले प्रधानमन्त्री बालेनको ठाउँमा अरू जो भए पनि त्यही कुरा बोल्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?