+
+
Shares

मौसम सुधार भएसँगै गड्डाचौकी नाकामा आवागमन सहज

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १२ गते १४:४३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगातारको वर्षापछि महाकाली नदीको बहाव घटेसँगै कञ्चनपुरको गड्डाचौकी नाका भएर नेपाल–भारत आवागमन आजदेखि सहज भएको छ।
  • महाकालीमा पानीको बहाव एक लाख क्यसेक नाघेपछि दुई दिनदेखि शारदा ब्यारेजको बनवासा पुलमा चार पाङ्ग्रे सवारीसाधन रोकेका थिए।
  • प्रहरीका अनुसार आज बिहान बहाव ९८ हजार क्यसेक मापन भएपछि बनवासा पुल पूर्ण रूपमा सञ्चालन भएको छ।
  • महाकाली बहुउद्देश्यीय यातायात कम्पनीका अध्यक्ष नविन भट्टले महेन्द्रनगरबाट काठमाडौँ, पोखरा लगायत स्थानका लागि यातायात सेवा आजदेखि सुरु भएको बताए।
  • भट्टका अनुसार वर्षाका कारण काठमाडौँका यात्रुवाहक बस चार दिन र सुदूरपश्चिमका पहाडी जिल्लामा तीन दिनदेखि यातायात बन्द थियो।

१२ असोज, महेन्द्रनगर । कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल–भारत आवागमन आजदेखि सहज भएको छ ।

लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव एक लाख क्यसेक पार गरेपछि दुई दिनदेखि शारदा ब्यारेज (बनवासा पुल) मा चार पाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले आज बिहान महाकाली नदीमा पानीको बहाव घटेसँगै बनवासा पुल पूर्ण रूपमा सञ्चालन भएको जानजकारी दिए ।

प्रहरीका अनुसार अहिले पानीको बहाव ९८ हजार क्यसेक मापन गरिएको छ ।

भारतीय पक्षले एक लाख क्युसेक बहाव नाघेपछि पुल जीर्ण भएको कारण देखाउँदै ठूला सवारीसाधन सञ्चालनमा रोक लगाउँदै आएको थियो । कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौँ, पोखरालगागत स्थानका लागि आजदेखि यातायात सेवा सञ्चालन भएको महाकाली बहुउद्देश्यीय यातायात कम्पनी प्रालिका अध्यक्ष नविन भट्टले जानकारी दिए ।

‘वर्षाका कारण काठमाडौँका यात्रुवाहक बस चार दिनदेखि र सुदूरपश्चिमका पहाडी जिल्लामा तीन दिनदेखि यातायात बन्द गरिएको थियो’, अध्यक्ष भट्टले भने, ‘मौसममा सुधार आएसँगै यातायात सेवा पनि आजदेखि सुरु भइसकेको छ ।’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?