News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद मीना सिंह रखालले बाढी, पहिरो र डुबानबाट नागरिकको जीवन रक्षामा सरकार पूर्णत: चुकेको आरोप लगाइन् ।
- उनले भदौ १० को बाढीपछि असोजमा आएको अति भारी वर्षाले जनजीवन कष्टकर बनेको राष्ट्रिय सभामा बताइन् ।
- उनका अनुसार भोटेकोशी र त्रिशूली करिडोरमा करिब ७ हजार ५ सय ७० घरधुरीका ३२ हजारभन्दा बढी नागरिक प्रभावित भएका छन् ।
१२ असोज, काठमाडौं । नेकपा (एमाले) की सांसद मीना सिंह रखालले बाढी, पहिरो र डुबानका कारण मुलुकले भोगिरहेको भयावह अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै नागरिकको जीवन रक्षामा सरकार पूर्णत: चुकेको आरोप लगाएकी छिन् ।
राष्ट्रिय सभाको सोमवारको बैठकमा सांसद रखालले भदौ १० गतेको विनाशकारी बाढीबाट सिर्जित पीडा ताजै रहेका बेला असोजको शुरुवाती दिनहरूमा पुन: आएको अति भारी वर्षाले जनजीवन कष्टकर बनाएको बताइन् ।
भोटेकोशी र त्रिशूली करिडोरमा मात्रै करिव ७ हजार ५ सय ७० घरधुरीका ३२ हजारभन्दा बढी नागरिक प्रभावित भएको सरकारी तथ्यांक प्रश्तुत गर्दै पूर्वाधारमा पुगेको क्षतिले देशको अवस्था जर्जर बनेको उल्लेख गरिन् ।
विशेषगरी कर्णाली राजमार्गका विभिन्न खण्डहरू अवरुद्ध हुँदा स्थानीयको जनजीवन थप संकटमा परेको उनले बताइन् ।
‘नागरिकहरू प्राकृतिक प्रकोपसँग नाङ्गो छातीले जुधिरहेका छन्, तर सरकारको प्राथमिकताप्राप्त कार्यशैली र राहत वितरण प्रभावकारी देखिएन । जनताले सरकार आफूहरूको सेवक हो वा शासक भन्ने प्रश्न उठाउन थालेका छन्,’ उनले भनिन् ।
उनले विपद्को पूर्वसूचना हुँदाहुँदै पनि जोखिमयुक्त बस्तीको समयमै स्थानान्तरण र उद्धारमा सरकारले हेलचक््रयाइँ गरेको आरोप लगाइन् ।
प्रतिक्रिया 4