+
+
Shares

युट्युबमा एआईले गर्नेछ भिडियो एडिटिङ, ‘कन्भर्सेसनल एडिटिङ’ फिचर आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १०:०४

युट्युबले आफ्नो प्लेटफर्ममा भिडियो बनाउने क्रिएटर्सका लागि एउटा नयाँ फिचर घोषणा गरेको छ।

युट्युबको ‘मेड अन’ कार्यक्रममा ‘कन्भर्सेसनल एडिटिङ’ नामको नयाँ फिचर सार्वजनिक गरिएको हो। यो फिचर युट्युब सर्ट्स र युट्युब क्रियेट एपमा उपलब्ध हुनेछ।

यो नयाँ प्रविधिले युट्युबको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुलको प्रयोग गर्छ। यस फिचरको मद्दतले प्रयोगकर्ताले सामान्य भाषामा निर्देशन वा प्रम्प्ट दिएर नै आफ्नो भिडियो एडिट गर्न सक्नेछन्। एआईले ती निर्देशनहरूलाई बुझेर भिडियोमा सोही अनुसार कट, ट्रिम र परिवर्तनहरू गरिदिन्छ।

यस टुलले मोबाइलको क्यामेरा रोलमा रहेका धेरै वटा क्लिपहरूलाई साधारण निर्देशनका आधारमा सजिलै जोड्न सक्छ। प्रयोगकर्ताले फन्ट, सङ्गीत वा भिडियोको सुरुवाती भाग मिलाउन एआई लाई लगातार नयाँ निर्देशन दिन सक्नेछन्।

यस्तै भिडियोको सुरुमा एआई ले ‘म्युजिक थप्नुहोस्’ वा ‘कलर फिल्टर हाल्नुहोस्’ जस्ता सुझावहरू पनि देखाउँछ।

यस फिचरमा प्रयोगकर्ताले गीतको बिट अनुसार भिडियो मिलाउन वा भिडियोलाई लुपमा राख्न पनि निर्देशन दिन सक्छन्। यदि एआई ले गरेको एडिटिङ मन नपरेमा प्रयोगकर्ताले जुनसुकै समयमा आफैँ म्यानुअल रूपमा भिडियो एडिटिङ टाइमलाइनमा गएर सच्याउन सक्नेछन्।

भिडियो एडिटिङको प्राविधिक ज्ञान नभएका तर नयाँ सोच भएका क्रिएटरका लागि यो फिचर धेरै उपयोगी हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?