+
+
Shares

बाँके–२ मा प्रदेश सभाका तीन सांसद कांग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित

 नेपाली कांग्रेस बाँके-२ मा भएको महाधिवेशन प्रतिनिधिको चुनावमा तीन प्रदेश सांसद पराजित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १३ गते १३:४२

१३ असोज, काठमाडौं । नेपाली कांग्रेस बाँके-२ मा भएको महाधिवेशन प्रतिनिधिको चुनावमा तीन प्रदेश सांसद पराजित भएका छन् ।

सोमबार भएको निर्वाचनमा मिना सिद्धिकी, माया पुन मगर र सुशीला वादी प्रतिनिधिमा चयन हुन सकेनन् । साथै, पूर्व प्रदेश सांसद याकुव अन्सारी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भए । पराजित हुने सबै समानुपातिकबाट प्रदेश सांसद भएकाहरु हुन् ।

नेपालगञ्ज उपमहानगरको वर्तमान मेयर पूर्व उपमेयर महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । नेपालगञ्जको मेयर प्रशान्त विष्ट र पूर्व उपमेयर उमा थापामगर प्रतिनिधिमा चयन भए । बाँके–२ का सभापति नरेन्द्रकुमार चौधरी पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । क्षेत्रीय अधिवेशनबाट ३३ प्रतिनिधि छनोट गरिएको छ ।

नेपालगञ्जको पूर्व उपमेयर उमा थापामगरले बाँके–२ मा हिजो प्रतिनिधि छनोट भएको र १ र ३ मा आज चयन हुने जानकारी गराइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?