+
+
Shares

करेन्ट लागेर एक जनाको मृत्यु

मृत्यु हुनेमा कालिका नगरपालिका-९ शक्तिखोर सम्फराका ३८ वर्षीय मनिराज चेपाङ रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते ११:५५

१४ असोज,  काठमाडौं ।  चितवनको शक्तिखोरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कालिका नगरपालिका-९ शक्तिखोर सम्फराका ३८ वर्षीय मनिराज चेपाङ रहेका छन् ।

मंगलबार राति आफ्नै घरमा विद्युत् लाइनको काम गरिरहेको अवस्थामा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि स्थानीय क्लिनिकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?