+

एसियन गेम्स : क्यानो स्लालममा नेपालका विजय माझी १०औं

२०८३ असोज  १४ गते १२:३२ २०८३ असोज १४ गते १२:३२

१४ असोज, काठमाडौं । जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत पुरुष कयाक सिंगलको क्यानो स्लालममा नेपालका विजय माझी १०औं भएका छन् ।

बुधबार याहागिगावा क्यानो स्लालम कोर्समा भएको फाइनलमा विजयले ३११.१४ सेकेन्डको समय निकाले । उनले १६४ सेकेन्डको टाइम पेनाल्टी बेहोरेका थिए ।

चीनका हु झाओसानले ९१.४१ सेकेन्डमा फाइनल पूरा गर्दै स्वर्ण पदक जिते । जापानका युकी तानाकाले ९२.८७ सेकेन्डमा रजत तथा काजकिस्तानका अलेक्जान्डर कोरोबोभले ९४.४८ सेकेन्डमा कांस्य पदक जिते ।

विजय माझी स्वर्ण विजेता हु झाओसानभन्दा २१९.७३ सेकेन्डले पछि परे ।

२०औं एसियन गेम्स विजय माझी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय