१४ असोज, काठमाडौं । १८ वर्ष पूरानो गोलीकाण्डका नाइकेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का इन्दल पासवान छन् । सर्लाहीको साविक नत्रगञ्ज गाविस २ मा वीरेन पासवान चिताइन मेला हेर्न भन्दै १२ फागुन २०६५ मा घरबाट निस्केका थिए । १२ फागुनकै राति १० बजेतिर उनी नजिकैकको खाली जग्गामा मृत फेला परेका थिए । उनको छातीमा गोली लागेको थियो ।
छातीमा गोली प्रहार गरी हत्या गरेको घटनामा इन्दल जोडिए । तर उनी लामो समयसम्म फरार नै रहे । इलाका प्रहरी कार्यालय लालबन्दी र नवलपुरको समन्वयमा इलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीले उनलाई १८ वर्षपछि पक्राउ गरेको छ ।
उनलाई पुर्पक्षका लागि सर्लाही अदालतले अहिले कारागार चलान गरेको छ । उनी यसअघि हातहतियार तथा खरखजनाको कसुरमा महोत्तरी अदालतबाट ६ वर्ष कैद र ६० हजार जरिवाना तोकिएका व्यक्ति हुन् । यो मुद्दामा उनले कैद भुक्तान गरिसकेका थिए । त्यस्तै महोत्तरी र धनुषामा पनि डाँकाचोरीको मुद्दा चलेको पाइएको छ ।
प्रतिक्रिया 4