+
+
Shares

एभरेस्ट बैंकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश दिने

साधारणसभाले लेखा परीक्षकको प्रतिवेदन सहित गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन समेत अनुमोदन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १८:०५

१४ असोज, काठमाडौं । सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्दै एभरेस्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।

साधारणसभाले लाभांश वितरण प्रस्ताव अनुमोदन गरेसँगै प्रस्तावित बोनस सेयर जारी भएपछि बैंकको पूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गरेको छ ।

यसैगरी उक्त सभाले लेखा परीक्षकको प्रतिवेदन सहित गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन समेत अनुमोदन गरेको छ ।

साथै, आगामी आव २०८३/८४ का लागि लेखा परीक्षकका रूपमा श्री जीपी राजवाहक एन्ड कम्पनीलाई नियुक्त गर्ने प्रस्ताव पनि सभाले सर्वसम्मतिबाट पारित गरेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?