+
+
Shares

हिमलुङ हिमालमा थप ३ जनाको शव भेटियो, अझै ९ बेपत्ता

मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिउँ पहिरोमा हराइरहेका मध्ये थप तीन जनाको शव फेला परेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १८:२०

१४ असोज, काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा हिउँ पहिरोमा परेर हराइरहेका मध्ये थप तीन जनाको शव फेला परेको छ।

मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार गोरखाको धार्चे गाउँपालिका-२ केरौंजाका आश गुरुङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ का सुरज राई र रुकुमको हुकामका कलम बुढाको शव आज बुधबार फेला परेको हो।

उनीहरू तीनै जना हिमालय होडिडे नामक ट्राभलसँग आवद्ध रहेको मनाङ प्रशासनले जनाएको छ।

यसअघि चार जनाको शव फेला परेको थियो। आज तीन जनाको शव भेटिएसँगै अहिलेसम्म ७ जनाको शव फेला परेको र अझै ९ जना बेपत्ता रहेको उनको भनाइ छ।

बेपत्ताहुनेहरूमा हिमालयन होलिडेजका ७ र इम्याजिन नेपालका २ जना छन् ।

त्यस्तै सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला परेको थियो भने आइतबार छेबी भोटे र पासाङ भोटेको शव फेला परेको थियो।

बेपत्ताको खोजी तथा शव निकाल्न हिमलुङ क्षेत्रमा खोज तथा उद्धार टोली परिचालन गरिएको छ । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार आईएफएमजीए माउन्टेन गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा उद्धार टोली हिमलुङमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?