+
+
Shares

धनुषामा अन्तर्जातीय विवाह गरेकी किशोरीको शंकास्पद मृत्यु

पोस्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाबारे यथार्थ खुल्ने र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १४ गते १९:२६

१४ असोज, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ८ दिगम्बरपुरकी एक नवविवाहित किशोरीको शंकास्पद मृत्यु भएको छ ।

गत शनिबार राति दिनेश ठाकुरकी श्रीमती १७ वर्षीया पूजा महतोको मृत्युमा माइती पक्षले आंशका व्यक्त गरेका हुन् ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रका अनुसार गत शनिबार राति घरको सुतिरहेको ओछ्यानमा पूजाको शव भेटिएको थियो । उनको घाँटीमा झुण्डिएको डाम देखिएको थियो ।

घटनापछि पति दिनेश र उनकी सासुआमालाई प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको थियो । पछि किरिया कर्मको लागि उनीहरूलाई प्रहरीले छोडेको थियो ।

यता माइतपक्षले उनको हत्या भएको दाबी गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् ।

एउटै वडाको फरक टोल र जातका रहेका दिनेश र पूजाबीच प्रेम सम्बन्ध रहेको थियो । उमेर नपुगेको र फरक जातको रहेकोले परिवार र समाजले छुट्टाउन पञ्चायत गरेको थियो । तर, पछि  सात महिना अघि पूजाले दिनेशसँग अन्तरजातीय विवाह गरेकी थिइन् ।

सात महिनाअघि भागेर अन्तरजातीय विवाह गरेकी उनको घाँटीमा डाम देखिएको थियो ।

पोस्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाबारे यथार्थ खुल्ने र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?