+
+
Shares

थापाथलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते ७:१२

काठमाडौं । काठमाडौंको बुद्धनगर-थापाथली खण्डमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

प्रहरीका अनुसार शंखमूलतर्फबाट थापाथलीतर्फ गइहेको बा ४१ प ४७०८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रोजबड स्कुल नजिकको पुलको रेलिङमा ठोक्किएको थियो । सोही ठाउँमा विपरीत दिशामा रहेको बा. प्र. ०२०६२ प ९६३१ नम्बरको स्कुटर समेत ठोक्किएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक रौतहट कटहरिया नगरपालिका–२ घर भई हाल काठमाडौं बस्ने २६ वर्षीय चन्द्रमान दास तत्माको अस्पतालमा उपचारका क्रममा राति १:१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक २५ वर्षीय दिपेन्द्र दास घाइते भएका छन् । उनको अनुहारमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, स्कुटर चालक चितवन घर भई हाल काठमाडौं सतुंगल बस्ने २३ वर्षीय सुदिप श्रेष्ठ र स्कुटरमा पछाडि सवार सर्लाही घर भई हाल शंखमूल बस्ने २८ वर्षीय मोहन शाह पनि घाइते भएका छन्। उनीहरू दुवैको टाउकोमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता नरेशराज सुवेदीका अनुसार गत आर्थिक वर्षमा ५९ प्रतिशत भन्दा बढी दुर्घटना दुई पाङ्ग्रे सवारीबाट भएको थियो, जसको मुख्य कारण तीव्र गति हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?