+

किन आन्दोलनमा उत्रिए स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी ?

२०८३ असोज  १५ गते १८:११ २०८३ असोज १५ गते १८:११
किन आन्दोलनमा उत्रिए स्वास्थ्य बीमा बोर्डका करार कर्मचारी ?

१५ असोज, काठमाडौं । स्वास्थ्य बीमा बोर्डका करार सेवामा कार्यरत कर्मचारीरु विभिन्न माग राखी आन्दोलित भएका छन् ।

सरकारले बजेटमा उल्लेख गरेअनुसार तलब बढ्नुपर्ने, महँगी भत्ता, प्रोत्साहन भत्ता, फिल्ड भत्ता उपलब्ध गराउनुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा तथा बिदासम्बन्धी सुविधा लागू गर्नुपर्ने माग कर्मचारहरूले राखेका छन् ।

यी मागहरू राखेर बुधबार बोर्डका कार्यकारी निर्देशकलाई ज्ञापनपत्र बुझाएका कर्मचारीहरुले बिहीबार पेन डाउन गरी आन्दोलन गरेका हुन् ।

माग सम्बोधनका लागि २४ घण्टाको समय दिइएकोमा वार्ताका लागि कुनै पहल समेत नभएकाले आन्दोलनमा उत्रिनु परेको बोर्डका एक कर्मचारीले बताए ।

साउनदेखि करार सम्झौता थप गुर्नपर्ने भए पनि अहिलेसम्म करार कर्मचारीहरुको सम्झौता नवीकरण गरिएको थिएन । महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा लगायतका सेवा थप गरिएको सम्झौतामा मात्रै हस्ताक्षर गर्र्ने अडान कर्मचारीहरूले लिएका छन् ।

बोर्डले भने यी सुविधाबिनाकै सम्झौतामा हस्ताक्षर गर्ने कर्मचारीहरुलाई तागेता गरेको छ । कर्मचारीहरूले ज्ञापन पत्र बुझाउँदै आन्दोलनको चेतावनी दिएपछि बुधबार नै बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सूचना जारी गरी सम्झौतामा हस्ताक्षर गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् ।

सूचना प्रकाशन भएको मितिले ३ दिनभित्र करार सम्झौतामा हस्ताक्षर गर्न भनिएको छ । केन्द्रीय कार्यालयका कर्मचारीहरूलाई प्रशासन शाखामा गएर हस्ताक्षर गर्न निर्देशन दिइएको छ भने जिल्लाका कर्मचारीहरुलाई ई–मेलमा प्राप्त सम्झौता पत्रमा हस्ताक्षर गरी स्क्यान कपी ई–मेलमै पठाउन भनिएको छ । यदि सो नभएमा नियमानुसार हुने चेतावनी दिइएको छ ।

करिब ३५० जना कर्मचारी रहेको बीमा बोर्डमा १५–१६ जना बाहेक सबै करारका कर्मचारी छन् । माग पूरा नभएसम्म सम्झौतामा हस्ताक्षर गर्ने र आन्दोलन जारी राख्ने बोर्डका एक कर्मचारीले जानकारी दिए ।

स्वास्थ्य बीमा बोर्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय