+
+
Shares

कांग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १५ गते २०:५८

१५ असोज, काठमाडौं । कांग्रेसको १५औं महाधिवेशनका अवसरमा नेविसंघले सामाजिक सञ्जाललक्षित ‘महाधिवेशन कन्टेन्ट कम्पिटिसन’ आयोजना गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने १५ जनालाई कुल २ लाख २० हजार रुपैयाँ बराबरको नगद पुरस्कार प्रदान गरिने नेविसंघले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले कांग्रेसबारे मौलिक तथा सिर्जनात्मक भिडियो निर्माण गरेर फेसबुक, टिकटक र इन्स्टाग्रामलगायतका डिजिटल प्लेटफर्महरूमा पोस्ट गर्नुपर्ने भनिएको छ ।

नेविसंघका अनुसार प्रतिस्पर्धाबाट १५ जना विजेता छनोट गरिनेछ । जसमा  प्रथम पुरस्कार ५० हजार रुपैयाँ राखिएको अध्यक्ष करुणा कटुवालले बताइन् । उनका अनुसार दोस्रो पुरस्कार ३० हजार रुपैयाँ, तेस्रो पुरस्कार २० हजार रुपैयाँ र उत्कृष्ट १२ जनालाई १० हजार रुपैयाँ सान्त्वना पुरस्कार दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?