+
+
Shares

चलचित्र निर्देशक मीन भामले कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते १३:३८

१७ असोज, काठमाडौं । नेपाली चलचित्र ‘कालोपोथी’का निर्देशक मीनबहादुर भामले नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

मुगुबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि निर्देशक भामले सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले अनलाइनखबरसँग आफूले पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्रीमा उम्मेदवारी दिने बताए । ‘सहमहामन्त्रीको तयारीमा लागेको छु,’ भामले भने, ‘पिछडिएको क्षेत्रबाट मेरो उम्मेदवारी रहन्छ ।’

भामले पार्टीको सूचना तथा सञ्चार विभागको केन्द्रीय समितिमा रहेर काम गरिसकेका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ मा कांग्रेसले भामको नाम समानुपातिकतर्फ बन्दसूचीमा राखेको थियो ।

उनले नेपाल विद्यार्थी संघ (नेविसंघ)को समिति र विभिन्न इकाईमा रहेर पनि काम गरेका छन् । भामले २०५४ देखि २०५६ सम्म नेविसंघ मुगुको सचिव भएर काम गरेका थिए ।

निर्देशक भाम फिल्मका एसोसिएट प्रोफेसर समेत हुन् । भेनिसमा प्रिमियर भएको चलचित्र ‘कालोपोथी’ पछि भामले अन्तर्राष्ट्रिय प्रसिद्धि हासिल गरेका थिए ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?