+
+
Shares

कांग्रेसले प्रतिनिधिलाई दिएको झोलामा के छ ?

महाधिवेशन प्रतिनिधिहरूको रजिस्ट्रेशन कार्य सुरु भइसकेको छ । यसबारे शनिबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेसले तयारी लगभग पूरा भएको जानकारी गराएको छ ।  

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १७ गते १७:०३

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन भोलिबाट सुरु हुँदैछ । काठमाडौंको खुलामञ्चमा हुन लागेको महाधिवेशनका लागि देशभरबाट प्रतिनिधिहरू आउने क्रम जारी छ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार, बाँकी रहेका केही क्षेत्रका अधिवेशन पनि आज सम्पन्न भएर भोलिबाट सबै प्रतिनिधिहरू काठमाडौं आइपुग्नेछन् ।

महाधिवेशनको उद्घाटन सत्र खुलामञ्चमा हुन लागेको हो ।

यसैबीच महाधिवेशन प्रतिनिधिहरूको रजिस्ट्रेशन कार्य सुरु भइसकेको छ । यसबारे शनिबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेसले तयारी लगभग पूरा भएको जानकारी गराएको छ ।

महाधिवेशनमा सहभागी हुने केन्द्रीय प्रतिनिधिहरूको तीन हजार पाँच सय तिरेर रजिस्ट्रेशन गर्नुपर्ने हुन्छ ।

रजिस्टेशनपछि प्रत्येक प्रतिनिधिलाई पार्टीले एउटा झोला दिएको छ । प्रवक्ता चालिसेका अनुसार, उक्त झोला बोकेको मान्छे महाधिवेशनको प्रतिनिधि हो भनेर चिन्न सहज हुनेछ ।

उक्त झोलामा विधान, डायरी, डटपेन, खाना, खाजा र नास्ताको लागि कुपन र प्रतिनिधि कार्ड राखिएको छ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?