+
+
Shares

गगनले यो देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ : रेशम चौधरी

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने आफूलाई विश्वास रहेको बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १८ गते १६:१४

१८ असोज, काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको नेतृत्व गर्न सक्ने आफूलाई विश्वास रहेको बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै चौधरीले गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका थापाले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे।

‘गगनले यो देशको नेतृत्व गर्न सक्छन्, मलाई विश्वास छ,’ उनले भने, ‘जसले गणतन्त्र ल्याउन जुन भूमिका खेल्यो, अब यो देश बनाउन पनि अवश्य भूमिका खेल्नेछ।’

चौधरीले संविधान निर्माणमा नेपाली कांग्रेसले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै कांग्रेसमा आएको परिवर्तनले आफूमा विश्वास जागेको बताए।

उनले संविधानमा थारूलगायत समुदायका अधिकार लेखिए पनि व्यवहारमा अधिकार नदिइएको गुनासोसमेत गरे। ‘संविधानमा अधिकार लेखियो, तर दिइएन। पहिचानसँग साटफेर गर्न पाइँदैन,’ उनले भने।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?