+
+
Shares

मधु आचार्यले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते ११:३४

२० असोज, काठमाडौं । मधु आचार्यले नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने भएका छन् ।

आचार्य महामन्त्रीको उम्मेद्वार हुने चर्चा थियो । उम्मेदवारी दर्ता गर्ने दिन आज उनले उपसभापतिमा मनोनयन दर्ता गराउने बताए ।

विशेष महाधिवेशन र रूपान्तरण एजेन्डाको कार्यभार पूरा गर्न उपसभापतिमा उम्मेदवारी दिने आचार्यको भनाइ छ ।

संशोधित विधान अनुसार एक वरिष्ठ उपसभापतिसहित चार जना उपसभापति हुने व्यवस्था छ। चार उपसभापतिमा एक महिला अनिवार्य गरिएको छ। उपसभापतिको दुई पदमा खुला तर्फबाट प्रतिस्पर्धा हुनेछ।

महाधिवेशनअन्तर्गत आजै मनोनयन दर्ता हुँदैछ । अहिले मनोनयद फारम वितरण भइरहेको छ । मनोनयन दर्ता १२ बजेदेखि अपराह्न चार बजेसम्म हुनेछ ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?