+
+
Shares

फरमुल्लाह र जीवन उपसभापति, डिना उपाध्यायको महामन्त्रीमा उम्मेदवारी दर्ता

परियारले समावेशी उपसभापति पदमा उम्मेदवारी दिँदा, डिना उपाध्यायले महिला महामन्त्री पदमा उम्मेदवारी दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते १५:०६

२० असोज, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्रीद्वय जीवन परियार र फरमुल्लाह मन्सुरले समावेशी उपसभापतिमा उम्मेदवारी दिएका छन् । दुवै जना १४ औं महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री हुन् ।

परियार दलित कोटाबाट सहमहामन्त्री निर्वाचित हुँदा, मन्सुर मुस्लिम कोटाबाट निर्वाचित भएका थिए ।

यस्तै, मन्सुर पुसमा सम्पन्न विशेष महाधिवेशनमा लागेका थिए । उक्त महाधिवेशनले पनि उनलाई सहमहामन्त्री चयन गरेको थियो ।

यस्तै, १४ औं महाधिवेशनबाट महिलातर्फको सहमहामन्त्री निर्वाचित महालक्ष्मी डिना उपाध्यायले यसपटक महिलातर्फ पहिलो पटक सिर्जना गरिएको महामन्त्री पदमा उम्मेदवारी दिएकी छन् ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?