+
+
Shares

पार्टी एकतामा गगनको मेहनत देखिएन, उहाँका कार्यकर्ता गालीगलौचमा उत्रिँदैछन् : किशोरसिंह राठौर

‘अर्को उहाँले यो पार्टीलाई मर्यादित बनाउन सक्नुहुन्न । उहाँका कार्यकर्ता अहिले गालीगलौच गर्दैछन् । गालीगलौच गर्ने संस्कृति कांग्रेसको संस्कृति होइन,’ राठौरले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते २१:५०

२० असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका उम्मेदवार किशोरसिंह राठौरले गगन थापामाथि पार्टी एकता गराउन पर्याप्त मेहनत नगरेको आरोप लगाएका छन् । हिमालय टीभीको यक्षप्रश्नमा पत्रकार निमेष बञ्जाडेसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

‘पार्टी एक गराउन जति मेहनत गर्नुपर्थ्यो त्यति देखिएन,’ राठौरले भने, ‘जति घनिभूत मेहनत गर्नुपर्थ्यो त्यो देखिएन ।  हामी बाहिरबाट हेर्दा, भित्र के भएको थियो थाहा भएन ।’

यस्तै, गगनले सभापति भएर टिकट बाँड्दा पनि न्याय गर्न नसकेको उनले अर्को आरोप लगाए ।

‘अर्को उहाँले यो पार्टीलाई मर्यादित बनाउन सक्नुहुन्न । उहाँका कार्यकर्ता अहिले गालीगलौच गर्दैछन् । गालीगलौच गर्ने संस्कृति कांग्रेसको संस्कृति होइन,’ राठौरले भने, ‘त्यो कम्युनिस्टहरूको संस्कृति हो ।’

कांग्रेसको संस्कृति मिलाउँदै लैजाने रहेको उनले बताए ।

कांग्रेस १५औँ महाधिवेशन विशेष
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?