+
+
Shares

कांग्रेस महाधिवेशनमा उम्मेदवारको प्रचार शैली (तस्वीरहरू)

कसैले रोबोटको प्रयोग गरेका छन् भने कसैले मुकुन्डो र चिम्पाञ्जीको पुत्लाको प्रयोग गरेर प्रचारप्रसार गरिरहेका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ असोज २१ गते १२:१४

२१ असोज,  काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको चौथो दिन आज पनि जारी छ । अहिले उम्मेदवारहरूको दाबी-विरोधको काम चलिरहेको छ । साथै बन्दसत्रको पनि तयारी गरिएको छ ।

आज बन्दसत्रबाट प्रतिवेदनहरु पारित गर्ने र निर्वाचन प्रक्रियाको बाँकी काम अघि बढाइँदैछ । भोलि मतदान गर्ने कार्यतालिका छन् ।

उम्मेदवारहरु र प्रतिनिधिहरुले आ-आफ्नै शैलीमा मत मागिररहेका छन् । कसैले रोबोटको प्रयोग गरेका छन् भने कसैले मुकुन्डो र चिम्पाञ्जीको पुत्लाको प्रयोग गरेर प्रचारप्रसार गरिरहेका छन् ।

यो महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी चयन हुँदैछन् ।

यस्तै, सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको हुनेछ ।

निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार १९ जना पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि तीन जनाको उम्मेवारी परेको छ । सभापति पदमा सभापति गगन थापा, पूर्व सहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीको सभापति पदमा उम्मेदवारी परेको छ ।

वरिष्ठ उपसभापति १, समावेशी अनुसार महिला उपसभापति (१) खुलातर्फ उपसभापति (२) हुने विधानको व्यवस्था छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको एकल उम्मदेवारी परेको छ । साथै उपसभापति पदमा महिला क्लस्टरमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ । शर्मा र भुसाल दुवै जना हाल उपसभापति पदमा छन् ।

       

कांग्रेस १५औँ महाधिवेशन विशेष
लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?