+
+
Shares

त्रिशूली-भोटेकोशी बाढीपीडितलाई कुमारी बैंक कर्मचारीको ४५ लाख ९७ हजार सहयोग

कुमारी बैंक लिमिटेडका कर्मचारीले स्वेच्छिक रूपमा तलबबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते १३:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवा–त्रिशूली–भोटेकोशी बाढीपीडितका लागि कुमारी बैंकका कर्मचारीले तलबबाट कट्टा गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३ सय ५३ रुपैयाँ सहयोग गरेका छन्।
  • बैंकले यसअघि पनि बाढी प्रभावितको राहत, उद्धार, पुनर्स्थापना र पुनर्निर्माणका लागि कोषमा ३ करोड रुपैयाँ प्रदान गरेको थियो।
  • कुमारी बैंकले गृह मन्त्रालयलाई ३९ लाख बराबरको ड्रोन, पावर बैंक र जेनेरेटरलगायत विपद् व्यवस्थापन सामग्री उपलब्ध गराएको थियो।

२३ असोज, काठमाडौं । रसुवा-त्रिशूली-भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कुमारी बैंक लिमिटेडका कर्मचारीले स्वेच्छिक रूपमा तलबबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५ लाख ९७ हजार ३ सय ५३ रुपैयाँ सहयोग गरेका छन् ।

प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेका प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै बैंकका कर्मचारीले स्वेच्छिक रूपमा उक्त रकम संकलन गरेका हुन् ।

संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यक्रममा उपयोग हुने विश्वास लिइएको छ ।

कुमारी बैंकले सदैव सामाजिक उत्तरदायित्वलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै विपद्का समयमा प्रभावित समुदायको साथमा उभिने परम्परा कायम राखेको छ ।

कर्मचारीहरूको यो योगदानले मानवीय संवेदना, सामाजिक एकता तथा राष्ट्रप्रतिको उत्तरदायित्व थप मजबुत बनाएको बैंकको विश्वास  छ ।

यसअघि पनि कुमारी बैंकले त्रिशूली-भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा सहयोग पु‍र्‍याउने उद्देश्यले ३ करोड रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको थियो ।

बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन गृह मन्त्रालयलाई ३९ लाख बराबरको अत्याधुनिक ड्रोन, पावर बैंक तथा जेनेरेटर लगायत आवश्यक विपद् व्यवस्थापन सामग्री उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?