News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीले बगाएको रसुवा–नुवाकोट सीमास्थित बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा पुगेको छ।
- पूर्वाधार विकास मन्त्रालयका अनुसार शनिबार बाँकी काम सकिएपछि आइतबारदेखि बेलिब्रिजमार्फत सवारीसाधन सञ्चालनको तयारी छ।
- स्याफ्रुबेसीमा ७६ मिटर लम्बाइको बेलिब्रिजका लागि फाउन्डेसन र अस्थायी ट्र्याक खोल्ने काम पनि अघि बढाइएको छ।
२३ असोज, काठमाडौं । भोटेकोशी बाढीले बगाएको रसुवा र नुवाकोटको सीमास्थित बेत्रावतीमा बेलिब्रिज जडान कार्य अन्तिम चरणमा पुगेको छ ।
शुक्रबार बेलिब्रिज वारपार टेकाइएको छ । शनिबार बेलिब्रिज जडानको बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
आइतबारदेखि बेलिब्रिजमार्फत सवारीसाधन सञ्चालनमा ल्याउने तयारी छ ।
बेलिब्रिज जडान सम्पन्न भएसँगै गल्छीदेखि रसुवाको स्याफ्रुबेसीवारी सम्म सडक सञ्जाल पुन: जोडिनेछ । यसबाट बाढीका कारण अवरुद्ध सडक सञ्जाल पुन:स्थापना भई रसुवातर्फको यातायात आवागमन सहज हुनेछ ।
उता, रसुवाको स्याफ्रुबेसीमा समेत बेलिब्रिज जडान गर्न फाउन्डेसन निर्माणको काम अघि बढाइएको छ । नदीका दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्रयाक खोल्ने काम सुरु गरिएको छ । यहाँ कुल ७६ मिटर लम्बाईको बेलीब्रिज निर्माण गर्न लागिएको छ ।
बेलीबृज जडान गर्न १४ मिटर फाउन्डेशन उठाउन जग खन्न दुई वटा स्काईभेटर प्रयोग भइरहेको छ । स्याफ्रुबेसीमा बेलिब्रिज निर्माण सम्पन्न भएपछि रसुवागढीसम्म सडक सञ्जाल पुन:स्थापित हुनेछ ।
प्रतिक्रिया 4