+

एन्फा कोषाध्यक्ष र लेखापाललाई धरौटीमा छोड्न अदालतको अनुमति

२०८३ असोज  २३ गते १९:०८ २०८३ असोज २३ गते १९:०८

एन्फा कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा छोड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुर जिल्ला अदालतले एन्फाका कोषाध्यक्ष रविन्द्र जोशीलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
  • अदालतले लेखा अधिकृत सञ्जीव पाण्डेलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
  • सीआईबीले केही दिनअघि जोशी र पाण्डेलाई पक्राउ गरेको थियो, र सरकारी वकिल कार्यालयले बिहीबार मुद्दा दायर गरेको थियो।

२३ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा छोड्न ललितपुर जिल्ला अदालतले आदेश दिएको छ।

जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले कोषाध्यक्ष जोशीलाई १५ लाख र लेखा अधिकृत पाण्डेलाई १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका सूचना अधिकारी टिकाध्वज कार्कीले जानकारी दिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले केही दिनअघि जोशी र पाण्डेलाई पक्राउ गरेको थियो। सीआईबीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले बिहीबार अदालतमा मुद्दा दायर गरेको थियो।

एन्फा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय