+
+
Shares

मेक्योर काठमाडौं बन्यो ‘ग्रिन की’ प्रमाणीकरण प्राप्त होटल

यो मान्यतासँगै मेक्योर ८० भन्दा बढी देशमा रहेका ग्रिन की प्रमाणित होटल प्रतिष्ठानको विश्वव्यापी सञ्जालमा जोडिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २३ गते २१:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मेक्योर काठमाडौं सुकेधारा हाइट्स ग्रिन की प्रमाणीकरण प्राप्त गर्ने नेपालको पहिलो होटल बनेको छ ।
  • ग्रिन की इन्भाइरोमेन्टल एजुकेसन फाउन्डेसनले वातावरणीय व्यवस्थापन र दिगो सञ्चालनका मापदण्ड पूरा गर्ने होटललाई यो मान्यता दिने गर्छ ।
  • यो प्रमाणीकरणसँगै मेक्योर ८० भन्दा बढी देशका ग्रिन की प्रमाणित होटल प्रतिष्ठानको विश्वव्यापी सञ्जालमा जोडिएको छ ।

२३ असोज, काठमाडौं । मेक्योर काठमाडौं सुकेधारा हाइट्स ‘ग्रिन की’ प्रमाणीकरण प्राप्त होटल बनेको छ । जुन दिगो पर्यटकीय संरचनाका रूपमा अन्तर्राष्ट्रिय मान्यता हो ।

होटलले यो एक गर्विलो उपलब्धि भएको बताएको छ । होटलहरूलाई ग्रिन की इन्भाइरोमेन्टल एजुकेसन फाउन्डेसन (एफईई) ले प्रदान गर्छ ।

वातावरणीय व्यवस्थापन र दिगो सञ्चालनका मापदण्ड पूरा गर्ने होटल तथा पर्यटन व्यवसायले यस्तो मान्यता पाउने गर्छन् । मेक्योरका अनुसार दिगोपनका लागि एक दर्जन क्षेत्रमा होटलको मूल्यांकन हुन्छ । जसमा ऊर्जा, पानी प्रयोग, फोहोर न्यूनीकरण तथा व्यवस्थापन, खाद्य आपूर्ति, कर्मचारीको दक्षता अभिवृद्धि, समुदायको सहभागिता जस्ता विषय समेटिएका हुन्छन् ।

यो मान्यतासँगै मेक्योर ८० भन्दा बढी देशमा रहेका ग्रिन की प्रमाणित होटल प्रतिष्ठानको विश्वव्यापी सञ्जालमा जोडिएको हो । होटलका अनुसार यो प्रमाणीकरण हरेक वर्ष नवीकरण हुन्छ । सोहीकारण प्रतिष्ठानहरूले आफ्ना मापदण्डमा निरन्तर सुधार र अभिवृद्धि गर्दै जानुपर्छ ।

नेपालका लागि फ्रान्सेली राजदूत फ्रान्साज पुइग इन्जाले उक्त प्रणाीकरणका लागि होटल व्यवस्थापनलाई बधाई दिएकी छिन् ।

होटलका महाप्रबन्धक अभिषेक पासरिछाले ग्रिन की प्रमाणीकरण पाउने नेपालको पहिलो होटल बनेको जानकारी दिए । यो यात्राको प्रारम्भ भएको भन्दै उनले सुधार र दिगो सञ्चालनका प्रयास अझै उचाइमा पुर्‍याइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?