+
+
Shares

वीपी कोइराला क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा.विजयचन्द्र आचार्य नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते ७:३४

२४ असोज, चितवन । चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजयचन्द्र आचार्य नियुक्त भएका छन् ।

अस्पताल सञ्चालक समितिको शुक्रबार साँझ बसेको बैठकले आचार्यलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अस्पतालको कार्यकारी निर्देशक पदका लागि भएको खुला विज्ञापनमा आवदेन दिएका सात जना मध्ये छनोट सिफारिस समितिले दिएको सिफारिसका आधारमा डा. आचार्यलाई नियुक्त गरिएको हो ।

डा. आचार्यसँगै डा. अजय कुमार झा, डा. उमेश नेपाल, डा. कृष्ण सागर शर्मा, डा. गुरू शरण साह, डा. प्रदीप थापा, र डा. रञ्जन भक्त भण्डारी अन्तर्वार्ताका लागि छनोट भएका थिए ।

आचार्य सोही अस्पतालमा कार्यरत चिकित्सक हुनुहुन्छ । सिनियर कन्सल्टेण्ट आचार्य यस अघि पनि एक पटक अस्पतालको कार्यकारी निर्देशक बनिसकेका थिए ।

कार्यकारी निर्देशकको कार्यकाल तीन वर्षको हुन्छ । गत बैशाखमा अध्यादेशमार्फत अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल पदबाट हटेपछि निमित्तको भरमा अस्पताल सञ्चालन हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?