+
+
Shares

गगनलाई मतपत्रमार्फत सुझाव– शेरबहादुर स्टाइलमा नजानुहोला

मतदाताले मतपत्रमै लेखे : ‘कार्यसमिति धेरै भयो हजुर’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस सभापति चयनको मतगणनामा दुई मतपत्रमा ‘शेरबहादुर स्टाइलमा नजानु होला’ र ‘कार्यसमिति धेरै भयो हजुर’ लेखिएको भेटियो।
  • केन्द्रीय निर्वाचन समितिले ती दुवै मतपत्र बदर गर्दै सभापति पदमा ५४ मत बदर भएको जनाएको छ।
  • शुक्रबार रातिको मतगणनामा गगन थापा ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित भए, श्यामकृष्ण खड्गीले ३७५ मत पाए।

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि भएको मतदानको मतगणनाका क्रममा मतदाताले मतपत्रमै लेखेका दुई रोचक टिप्पणी फेला परेका छन् ।

शुक्रबार राति राष्ट्रिय सभागृहमा भएको सभापति पदको मतगणनाका क्रममा दुई फरक–फरक मतपत्रमा लेखिएका रोचक टिप्पणी फेला परेका हुन् ।

मतगणनामा सहभागी स्रोतले एउटा मतपत्रमा पूर्वसभापति शेरबहादुर देउवालाई इंगित गरिएको र अर्कोमा नवनिर्वाचित सभापति गगन थापामाथि टिप्पणी गरिएको फेला परेको जानकारी दिए ।

स्रोतका अनुसार, एउटा मतपत्रमार्फत नवनिर्वाचित सभापति थापालाई सुझाव दिइएको थियो भने दोस्रो मतपत्रमा उनीसँगै गुनासो गरिएको थियो । एउटा मतपत्रमा ‘शेरबहादुर स्टाइलमा नजानु होला’ र अर्को मतपत्रमा ‘कार्यसमिति धेरै भयो हजुर’ लेखिएको थियो ।

‘मतपत्र गणना गर्नेबेला दुईवटा मतपत्रमा लेखिएको भेटियो । मतदाताले मतपत्रबाट आफ्नो सुझाव र असन्तुष्टि व्यक्त गरेको पाइयो,’ स्रोतले भन्यो । तर, उनले ती दुवै मतपत्रमा कुन उम्मेदवारका पक्षमा मतदान गरिएको थियो भन्नेबारे भने खुलाएनन् ।

केन्द्रीय निर्वाचन समितिले ती दुवै मतपत्र बदर गरेको थियो । समितिकाअनुसार सभापति पदका लागि खसेको कूल मतमध्ये ५४ मत बदर भएका छन् । कुल ७ हजार १३ मतमध्ये ६ हजार ९५९ मत सदर भएको थियो ।

शुक्रबार राति सम्पन्न मतगणनामा प्रतिष्पर्धी उम्मेदवार श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका छन् । उनी ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित भएका हुन् । खड्गीले ३७५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?