News Summary
Generated by OK AI. Editorially reviewed.- लोकाहा खोलामा रहेको पुरानो पुलमा प्राविधिक समस्या देखिएपछि कावासोती–प्रगतिनगरबीच सवारी आवागमन सोही स्थानको नयाँ पुलबाट सञ्चालन गरिएको छ।
- सडक डिभिजन कार्यालय भरतपुरले पुरानो पुलको बीच भाग दबेको जस्तो देखिएकाले सावधानीका लागि आवागमन रोकेको जनाएको छ।
- कार्यालयले नयाँ पुलमा समस्या नरहेको र लोकाहा खोला क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध भएको खबर तथ्यपरक नभएको स्पष्ट पारेको छ।
२५ असोज, चितवन । नवलपुरको लोकाहा खोलामा रहेको पुरानो पुलमा प्राविधिक समस्या देखिएपछि सोही स्थानमा रहेको नयाँ पुलबाट सवारी आवागमन सन्चालन गरिएको छ ।
कावासोती र प्रगतिनगरको बीचमा पर्ने लोकाहा खोला माथिको पुरानो पुलबाट सवारी आवागमन रोकेर नयाँ पुलबाट आवागमन नियमित सञ्चालन भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
प्रगतिनगर र कावासोतीको बीचमा रहेको लोकाहा खोला माथिको पुरानो पुलको बीचको भाग दबेको जस्तो देखिएको छ । संरचनामा समस्या देखिएपछि सावधानीका लागि उक्त पुलबाट सवारी आवागमन निषेध गरिएको हो ।
कार्यालयले नयाँ पुलमा कुनै समस्या नरहेको स्पष्ट पार्दै सोही पुलबाट सवारीसाधन निर्वाध रूपमा सञ्चालन भइरहेको जनाएको छ ।
लोकाहा खोला क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध भएको भन्ने समाचार तथ्यपरक नभएको उल्लेख गर्दै सडक डिभिजन कार्यालय भरतपुरले सही सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
प्रतिक्रिया 4