+
+
Shares

मोरङमा तरकारी बोकेको गाडीबाट ५७० किलो गाँजा बरामद

मोरङको जहदा हुँदै भारत जाँदै गरेको गाडीमा तरकारीभित्र लुकाएको अवस्थामा ५७० किलो गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ९:०१

२५ असोज, विराटनगर । तरकारी बोकेर भारततर्फ जाँदै गरेको पिकअप गाडीबाट गाँजा बरामद भएको छ ।

शनिबार राति मोरङको जहदा हुँदै भारत जाँदै गरेको गाडीमा तरकारीभित्र लुकाएको अवस्थामा ५७० किलो गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) नोचाबाट खटिएको टोलीले शनिबार राति ११ बजेतिर जहदा गाउँपालिका–४ स्थित रामचोकबाट गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार भारत तर्फ जान लागेको प्र १–०१–०० च ७४२२ नम्बरको भ्यानलाई सशस्त्र प्रहरीले रोक्न खोज्दा चालक गाडी छाडेर फरार भएका थिए । त्यसपछि खानतलासी गर्दा स्कुस र बन्दाकोपीको बीचमा लुकाएर राखिएको १९ पोका गाँजा फेला परेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले जानकारी दिए ।

बरामद गरिएको गाँजा तौल गर्दा कुल ५७० किलो रहेको छ । बरामद गाँजा र पिकअप भ्यानलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?