News Summary
Generated by OK AI. Editorially reviewed.- रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको छ।
काठमाडौं । अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा अञ्जु पन्त र सत्यराज आचार्यको स्वर रहेको छ।
सुरेश अधिकारीको शब्द रहेको गीतले फिल्मको प्रचारसँगै दर्शकमाझ उत्सुकता बढाउने अपेक्षा गरिएको छ ।
लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रेखा थापा यस फिल्ममा मुख्य भूमिकामा देखिँदैछिन् । पारिवारिक कथावस्तुमा आधारित फिल्ममा रेखासँगै पूजा शर्मा, निरुता सिंह, पुष्प खड्का र महेश त्रिपाठीलगायत कलाकारले अभिनय गरेका छन् । फरक पुस्ताका कलाकारको उपस्थितिले फिल्मलाई थप चासोको विषय बनाएको छ।
रेखा फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा काइट्स इन्टरटेनमेन्ट सहनिर्माताका रूपमा रहेको छ । सबिर श्रेष्ठले निर्देशन गरेको फिल्मले परिवारभित्रका सम्बन्ध, आपसी मनमुटाव र त्यसले निम्त्याउने परिस्थितिलाई कसरी पर्दामा प्रस्तुत गर्छ भन्ने चासो छ ।
‘३६ को आँकडा’ आगामी मंसिर १७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
प्रतिक्रिया 4