+

झरना रनिङ शिल्डको उपाधि चरङ्गे युथलाई

२०८३ असोज  २५ गते २१:५३ २०८३ असोज २५ गते २१:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिलोत्तमा–कुञ्जलापुरमा सम्पन्न ३८औं झरना रनिङ शिल्ड नकआउट फुटबलको उपाधि चरङ्गे युथ क्लब देवदहले जितेको छ ।
  • आइतबार उमा आधारभूत विद्यालयको खेलमैदानमा भएको फाइनलमा चरङ्गेले गोर्खा ब्वाइज क्लब बुटवललाई ३–१ गोलले पराजित गरेको हो ।
  • उपाधिसँगै चरङ्गेले चार लाख रुपैयाँ, शिल्ड र प्रमाणपत्र पाएको छ भने उपविजेता गोर्खा ब्वाइजले दुई लाख रुपैयाँ, शिल्ड र प्रमाणपत्र पाएको छ ।

२५ असोज, काठमाडौं । रुपन्देहीको तिलोत्तमा–कुञ्जलापुरमा सम्पन्न ३८औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिताको उपाधि चरङ्गे युथ क्लब देवदहले जितेको छ ।

आइतबार उमा आधारभूत विद्यालयको खेलमैदानमा भएको फाइनलमा गोर्खा ब्वाइज क्लब बुटवललाई ३–१ गोलले पराजित गर्दै चरङ्गेले उपाधि जितेको हो ।

उपाधिसँगै चरङ्गेले चार लाख रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता गोर्खा ब्वाइजले दुई लाख रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा गोर्खा ब्वाइजका विदेशी खेलाडी सिल्ला उत्कृष्ट डिफेन्डर घोषित भए । चरङ्गेका कृष्ण आले उत्कृष्ट मिडफिल्डर, भीम पुन उत्कृष्ट गोलरक्षक र अभिनास उत्कृष्ट खेलाडी बने ।

आयोजक झरना स्पोर्ट्स क्लबका दीपसन सापकोटा उदीयमान खेलाडी घोषित भए ।

विजेता तथा उपविजेता टोलीलाई तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण, झरना स्पोर्ट्स क्लबका अध्यक्ष धनेन्द्र पौडेल र तिलोत्तमा नगर खेलकुद विकास समितिका संयोजक लोक पुनलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

३८औं झरना रनिङ शिल्ड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय