News Summary
Generated by OK AI. Editorially reviewed.- दिल्लीबाट चेन्नईतर्फ उडेको इन्डिगोको ६E ६११५ विमानमा यात्रुको पावर बैंकमा आगलागी भएपछि हैदराबाद डाइभर्ट गरी सुरक्षित अवतरण गराइएको छ।
- चालक दलका सदस्यले विमानभित्र लागेको आगो निभाएका थिए र सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित छन्।
- इन्डिगोले यात्रुलाई चेन्नई पुर्याउन अर्को विमानको व्यवस्था गरेको छ र सम्बन्धित अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन्।
२६ असोज, काठमाडौं । दिल्लीबाट चेन्नईतर्फ गइरहेको इन्डिगो एयरलाइन्सको विमानमा सवार एक यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबाद डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको छ ।
आइतबार उडानका क्रममा पावर बैंकबाट आगलागी सुरु भएपछि विमानलाई हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो ।
इन्डिगोका अनुसार उडान नम्बर 6E 6115 का चालक दलका सदस्यले विमानभित्र लागेको आगो निभाएका थिए। घटनामा सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन् ।
‘स्थापित सुरक्षा प्रक्रियाअनुसार पाइलटहरूले विमानलाई हैदराबाद डाइभर्ट गरी राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराएका थिए,’ इन्डिगोका प्रवक्ताले भनेका छन् ।
उक्त विमानका यात्रुलाई गन्तव्य चेन्नईसम्म पुर्याउन अर्को विमानको व्यवस्था गरिएको एयरलाइन्सले जनाएको छ ।
घटनाबारे सम्बन्धित अधिकारीहरूले अनुसन्धान सुरु गरेको जनाएका छन् ।
प्रतिक्रिया 4