+
+
Shares

महामन्त्रीमा विजयीपछि डिला संग्रौलाले भनिन्– कांग्रेसलाई युवा पुस्ताले चाहेजस्तो बनाउँछु

नेपाली कांग्रेसको महामन्त्री पदमा विजयी भएपछि डिला संग्रौलाले पार्टीलाई युवा पुस्ताले चाहेजस्तो बनाउन प्रतिबद्ध भएर लाग्ने बताएकी छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते ६:२५

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट महामन्त्री पदमा विजयी भएपछि डिला संग्रौला पन्तले पार्टीलाई युवा पुस्ताले चाहेजस्तो बनाउन प्रतिबद्ध भएर लाग्ने बताएकी छन्।

महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै संग्रौलाले आफूलाई खुसीसँगै जिम्मेवारीको बोध भएको बताइन्।

नेपाली कांग्रेसलाई नयाँ उचाइमा पुर्‍याउँदै नयाँ बाटोमा अघि बढाउने र युवा पुस्ताको चाहनाअनुसार पार्टी निर्माण गर्ने अभियानमा आफू प्रतिबद्ध भएर लाग्ने उनको भनाइ छ।

कांग्रेसको पहिलो महिला महामन्त्री बन्न सफल भएको विषयमा उनले यसलाई आफ्नो व्यक्तिगत उपलब्धिभन्दा पनि महिलाहरूको गौरवका रूपमा व्याख्या गरिन्।

महिला संघमा आबद्ध दिदीबहिनीहरूले आफूलाई मत दिएर यो स्थानमा पुर्‍याएको उल्लेख गर्दै उनले यसलाई सबै महिलाको गौरव भएको बताइन्।

महामन्त्रीका रूपमा पार्टीभित्रको जिम्मेवारीबारे बोल्दै संग्रौलाले आफूले सशक्त रूपमा भूमिका निर्वाह गर्ने बताइन्।

महिला संघको अध्यक्षका रूपमा जिम्मेवारी सम्हालिसकेको र संगठनका विभिन्न पद तथा निकायमा रहेर काम गरेको अनुभव आफूसँग रहेको उनले उल्लेख गरिन्।

सह-महामन्त्रीका रूपमा आठ महिना काम गरिसकेको अनुभवसमेत सुनाउँदै संग्रौलाले पार्टीको योजना र कार्यक्रमअनुसार आफूलाई समर्पित गरेर अघि बढ्ने बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?