+
+
Shares

पार्टीबाहिरका लोकतन्त्रवादी र जेनजी पुस्तालाई कांग्रेसमा जोड्छौँ : मधु आचार्य

पार्टीको रूपान्तरणसँगै पार्टीबाहिर रहेका लोकतन्त्रवादी र जेनजी पुस्तालाई जोडेर उनीहरूका एजेन्डामा सहकार्य गर्ने जिम्मेवारी आफूले महसुस गरेको आचार्यले बताए।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते ६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा विजयी मधु आचार्यले पार्टीबाहिरका लोकतन्त्रवादी र जेनजी पुस्तालाई कांग्रेसमा जोड्न पहल गर्ने बताए।
  • आचार्यले महाधिवेशन प्रतिनिधिहरूले पार्टीभित्र उठेको परिवर्तन र रूपान्तरणको आवाज अनुमोदन गरेको बताए।
  • उनले लोकतन्त्रमा विश्वास राख्ने तर पार्टीमा आबद्ध नभएका जनमतलाई कांग्रेससँग जोडेर एजेन्डामा सहकार्य गर्नुपर्ने बताए।

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति पदमा विजयी मधु आचार्यले पार्टीबाहिर रहेका लोकतन्त्रवादी र जेन्जी पुस्तालाई कांग्रेसमा जोड्न पहल गर्ने बताएका छन्।

महाधिवेशनबाट विजयी भएपछि संक्षिप्तन प्रतिक्रिया दिँदै आचार्यले पार्टीभित्र आफूहरूले उठाउँदै आएको परिवर्तन र रूपान्तरणको आवाजलाई महाधिवेशन प्रतिनिधिहरूले अनुमोदन गरेको बताए।

आफूहरूले अघि सारेका एजेन्डामा काम गर्न र प्रतिबद्धता पूरा गर्न प्रतिनिधिहरूले थप जिम्मेवार बनाएको उनको भनाइ छ।

पार्टीका नेता तथा कार्यकर्तासँगै जनताको भरोसा प्राप्त भएकाले त्यसलाई पूरा गर्न अझ बढी मेहनत र ऊर्जाका साथ काम गर्नुपर्ने उनले बताए।

पार्टीलाई रूपान्तरण गर्न आफूहरू थप सक्रिय हुनुपर्ने जिम्मेवारी महसुस गरेको आचार्यले उल्लेख गरे।

पार्टीबाहिर रहेका समूहलाई कांग्रेसमा एकजुट गराउने विषयमा बोल्दै उनले पार्टीबाहिर रहेका लोकतन्त्रवादीहरूलाई पनि जोड्नुपर्ने बताए।

लोकतन्त्रमा विश्वास राख्ने तर पार्टीमा आबद्ध नभएका ठूलो जनमतलाई कांग्रेससँग जोड्नुपर्ने उनको भनाइ छ।

त्यसैगरी, मुलुकको परिवर्तनका लागि एजेन्डासहित अघि आएका जेन्जी पुस्ताका अपेक्षा पूरा हुन नसकेको उल्लेख गर्दै आचार्यले उनीहरूलाई सडकबाट कांग्रेसभित्र ल्याएर एजेन्डामा सहकार्य गर्नुपर्ने बताए।

पार्टीको रूपान्तरणसँगै पार्टीबाहिर रहेका लोकतन्त्रवादी र जेनजी पुस्तालाई जोडेर उनीहरूका एजेन्डामा सहकार्य गर्ने जिम्मेवारी आफूले महसुस गरेको आचार्यले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?