+
+
Shares

कांग्रेस महाधिवेशन : सहमहामन्त्री मतगणनाको अन्तिम परिणाम अपराह्नसम्म आउने

जनसम्पर्कको गणना थालिँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १०:१६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको मतगणना जारी छ र अन्तिम परिणाम सोमबार अपराह्नसम्म सार्वजनिक गरिनेछ ।
  • सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अगाडि छन् भने महिलातर्फ प्रतिमा गौतमले अग्रता लिएकी छिन् ।
  • निर्वाचन समितिले जनसम्पर्कबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी गरेको छ ।

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको मतगणना जारी छ ।

केन्द्रीय निर्वाचन समितिले सहमहामन्त्रीहरूको अन्तिम मत परिणाम सोमबार अपराह्नसम्म सार्वजनिक गरिने बताएको छ ।

निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले सहमहामन्त्तीहरूको अन्तिम मत परिणाम सोमबार अपराह्नसम्म सार्वजनिक गरिने जानकारी दिए ।

सहमहामन्त्री खुलातर्फ नेता रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अगाडि छन् । महिलातर्फ प्रतिमा गौतमको अग्रता देखिएको छ । अन्यको पनि मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।

संयोजक खड्काका अनुसार जनसम्पर्कबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?