+
+
Shares

महामन्त्रीमा पराजितपछि गुरुराज घिमिरेले भने- यो अन्त्य होइन, नयाँ सुरुवात हो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १०:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको १५औं महाधिवेशनमा महामन्त्री पदमा पराजित गुरुराज घिमिरेले राजनीतिक यात्रा नयाँ शिराबाट अघि बढाउने बताएका छन्।
  • घिमिरेले आफूलाई मत दिने महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गर्दै हारलाई लोकतन्त्रमा स्वाभाविक प्रक्रिया भनेका छन्।
  • उनले १ हजार ५१३ मतलाई संख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको प्रेरणा भनेका छन्।

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता गुरुराज घिमिरेले राजनीतिक यात्रालाई नयाँ शिराबाट अघि बढाउने बताएका छन् ।

मतपरिणाम प्रतिकूल आएपछि उनले आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दै अबको राजनीति फरक सोच, शैली र संस्कारसहित अघि बढाउने बताएका हुन् ।

‘लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया हो । म यस परिणामबाट विचलित नभई नयाँ शिराबाट आफ्नो राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ घिमिरेले फेसबुकमा लेखेका छन्, ‘अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्नेछ । जहाँ निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरण प्रमुख आधार हुनेछन् ।’

निवर्तमान महामन्त्री घिमिरेले आफूलाई मत दिने महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिँदै प्राप्त मतलाई संख्याका रूपमा मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिएको बताएका छन् ।

‘यहाँहरूले प्रदान गर्नुभएको एक हजार ५१३ मत मेरा लागि संख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको ठूलो प्रेरणा हो,’ उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?