+
+
Shares

कांग्रेस उपसभापतिमा पराजित भएपछि गोविन्द भट्टराईले भने– अझ धेरैको भरोसा जित्न समय खर्चनेछु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते ११:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले उपसभापति(खुला)मा पराजित भएपछि अझै धेरैको विश्वास जित्न बाँकी रहेको बताएका छन् ।
  • भट्टराईले फेसबुकमा ‘तपाईंको मात्र विश्वासले नपुगेर मलाई पार्टीको जिम्मेवारी सम्हाल्ने यात्रामा अझ धेरै साथीहरुको भरोसा जित्न आवश्यक रहेको यस मत परिणामले देखाएको छ ।’ लेखेका छन् ।
  • नेविसंघका पूर्वअध्यक्ष भट्टराई उपसभापति पदमा तेस्रो सर्वाधिक मत पाए पनि पराजित भएका हुन् ।

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्द भट्टराईले आफूले धेरैको विश्वास जित्न बाँकी रहेको भन्दै राजनीतिको बाँकी समय त्यसका लागि खर्चने बताएका छन् ।

१५ औं महाधिवेशनमा उपसभापति (खुला) मा उम्मेदवार बनेका भट्टराईले पराजित भएपछि अझै धेरैको विश्वास जित्न आवश्यक रहेको बताएका हुन् ।

आफूलाई मतदान गर्नेहरुप्रति धन्यवाद व्यक्त गर्दै भट्टराईले फेसबुकमा लेखेका छन्, ‘तपाईंको मात्र विश्वासले नपुगेर मलाई पार्टीको जिम्मेवारी सम्हाल्ने यात्रामा अझ धेरै साथीहरुको भरोसा जित्न आवश्यक रहेको यस मत परिणामले देखाएको छ ।’

आफूले लाभ र पदका लागि कहिल्यै राजनीति नगरेको र अहिलेसम्म पाएको कुरा विश्वास र माया नै रहेको उनले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई सम्बोधन गरेका भट्टराईले आगामी राजनीतिक यात्रामा भरोसा जित्न बाँकी धेरैहरुको भरोसा जित्नका लागि मेरो चेत, लगाव र समय खर्चने प्रतिबद्धता जनाएका छन् ।

नेविसंघका पूर्व अध्यक्ष रहिसकेका भट्टराई उपसभापति पदमा तेश्रो सर्वाधिक मत प्राप्त गरे पनि पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?