+
+
Shares

सुदूरपश्चिमको बजेटमा सत्तारुढ दलभित्रै विवाद, प्रदेश सभाको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते ११:५१

२६ असोज, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले करीब दुई महिनापछि ल्याएको चालु आर्थिक वर्ष २०८३/८४ को बजेटको विषयमा सत्तारुढ दलभित्र विवाद भएको छ ।

आइतबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले ३७ अर्ब ७० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि छलफल गर्न सोमबार बिहान ८ बजेका लागि बैठक बोलाइएको थियो तर, सत्तारुढ दलभित्रै बजेटका विषयमा असन्तुष्टि बढेपछि मंगलबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रदेश सभा सचिवालयले मंगलबार बिहान ९ बजे बस्नेगरि बैठक बोलाइएको जनाएको छ । विचौलियामार्फत कमिशनको खेलमा बजेट ल्याइएको आरोप सत्तारुढ दलकै सांसदले लगाएपछि विवाद बढेको छ ।

एमाले र नेकपाका सांसदले नै बजेट पारित गर्न नसघाउने चेतावनी दिएपछि समस्या सिर्जना भएको हो । सरकारमा रहेका मन्त्रीसमेत बजेटप्रति असन्तुष्ट देखिएका छन् ।

बजेटमा मुख्यमन्त्री खगराज भट्ट, अर्थमन्त्री चक्रबहादुर मल्ल र अर्थसचिव राजेन्द्र हमालले एकलौटी गरेको आरोप लागेको छ । बजेटमा विवाद चर्किएपछि मुख्यमन्त्री खगराज भट्टले मन्त्रीहरूलाई छलफल गर्न बोलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?