+
+
Shares

अस्ट्रेलियाको दक्षिणी राज्यमा प्रहरीमाथि आक्रमणका घटना बढ्दै

अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यमा प्रहरी अधिकारीमाथि हुने आक्रमणका घटनामा २५ प्रतिशतले वृद्धि भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दक्षिण अस्ट्रेलियामा ड्युटीमा खटिएका प्रहरी अधिकारीमाथि आक्रमणका घटना सन् २०२६ को अगस्टसम्मको १२ महिनामा ६३५ बाट ७९३ पुगेका छन्।
  • सोही अवधिमा लुटपाटका घटना १३ प्रतिशतले घटेर ५०१ बाट ४३८ मा झरेका छन्।
  • घरमा अनधिकृत प्रवेश गरी चोरी गर्ने घटना ५ हजार ५८४ बाट बढेर ५ हजार ९४७ पुगेका छन्, भने यौनजन्य अपराध २ हजार ७०४ बाट २ हजार ७१८ पुगेका छन्।

२६ असोज, सिड्नी (रासस/सिन्ह्वा)। अस्ट्रेलियाको दक्षिण अस्ट्रेलिया राज्यमा प्रहरी अधिकारीमाथि हुने आक्रमणका घटनामा २५ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, अपराधका केही अन्य श्रेणीमा भने कमी आएको सोमबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ।

दक्षिण अस्ट्रेलिया प्रहरीद्वारा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार, सन् २०२६ को अगस्टमा समाप्त भएको पछिल्लो १२ महिनाको अवधिमा ड्युटीमा खटिएका प्रहरी अधिकारीमाथि आक्रमणका घटना ६३५ बाट बढेर ७९३ पुगेका छन्। यससँगै प्रहरीमाथि आक्रमणका घटनामा लगातार वृद्धि भएको यो १२औँ अवधि बनेको छ।

यसैबीच, लुटपाटका घटनामा १३ प्रतिशतले कमी आएको छ। अघिल्लो १२ महिनामा ५०१ वटा रहेका लुटपाटका घटना घटेर ४३८ मा झरेका छन्। यसअघि पनि लुटपाटका घटनामा १६ प्रतिशतले कमी आएको थियो।

त्यस्तै, हत्या तथा हत्यासम्बन्धी अपराध २१ प्रतिशतले घटेको छ। यस्ता घटना ५३ बाट घटेर ४२ मा पुगेका छन्। खुद्रा पसल तथा व्यापारिक प्रतिष्ठानबाट हुने चोरीका घटनामा पनि तीन प्रतिशतले कमी आएको छ। यस्ता घटना २१ हजार ७५७ मा झरेका छन्।

तर, आवासीय घरमा हुने चोरीका घटनामा भने वृद्धि भएको छ। घरमा अनधिकृत प्रवेश गरी चोरी गर्ने घटना ५ हजार ५८४ बाट बढेर ५ हजार ९४७ पुगेका छन्। गैरआवासीय भवन तथा परिसरमा हुने चोरीका घटना पनि ३ हजार ३९१ बाट बढेर ३ हजार ५१३ पुगेका छन्।

यौनजन्य अपराधका घटनामा समेत सामान्य वृद्धि देखिएको छ। यस्ता घटना २ हजार ७०४ बाट बढेर २ हजार ७१८ पुगेका छन्।

दक्षिण अस्ट्रेलिया प्रहरीका सहायक आयुक्त डेभिड ओ’डोनोभानले दोहोर्‍याएर अपराध गर्ने व्यक्तिहरूमाथि लक्षित प्रहरी कारबाहीका कारण लुटपाटका घटनामा निरन्तर कमी आएको बताए। त्यस्ता व्यक्तिलाई हिरासतमा राख्ने व्यवस्था मिलाउनुका साथै कडा धरौटी सर्त लागू गर्ने कार्यले अपराध नियन्त्रणमा सहयोग पुगेको उनको भनाइ छ।

लुटपाटबाट पीडित व्यक्तिहरूले भोग्नुपरेको मानसिक तथा भावनात्मक आघातप्रति प्रहरी सचेत रहेको उल्लेख गर्दै उनले यस्ता अपराध न्यूनीकरणका लागि आगामी दिनमा पनि निरन्तर काम गरिने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?