+
+
Shares

सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिमाथि कांग्रेसले माग्यो प्रस्तावित राजदूतको धारणा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १४:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेसँग प्रधानमन्त्री बालेन शाहको सीमा विवादसम्बन्धी विवादित अभिव्यक्तिबारे धारणा मागेको छ।
  • संसदीय सुनुवाइमा सांसद आनन्दप्रसाद ढुंगानाले प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको भन्नुभएको भन्दै सुस्ता विवाद र बाँध रोकिएको प्रसंग उठाउनुभयो।
  • प्रधानमन्त्री शाहले १७ जेठ २०८३ मा संसद्मा सीमा समस्या कूटनीतिक छलफलबाट समाधान गर्ने बताउँदै नेपालले पनि भारतको जग्गा मिचेको उल्लेख गर्नुभएको थियो।

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको सीमा विवादबारे विवादित अभिव्यक्तिबारे भारतका लागि प्रस्तावित राजदूतको धारणा माग गरेको छ ।

भारतका लागि प्रस्तावित राजदूत डा. निश्चलनाथ पाण्डेको आज संसदीय सुनुवाइ भएको थियो ।

सो क्रममा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले प्रश्न गरेका छन्, ‘प्रधानमन्त्रीले नै नेपालले पनि भारतको भूमि मिचेको छ भन्नुभयो । त्यसपछि सुस्तामा नेपाली पक्षले बनाउँदै गरेको बाँध भारतीय पक्षले रोकिदियो ।’

हाम्रो सुस्ता फिर्ता गर भनेर सानोबेलादेखि नारा लगाएको स्मरण उनले गरे । ‘तर अझै फिर्ता भएको छैन,’ ढुंगानाले भने।

१७ जेठ २०८३ मा प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले नेपाल भारतको सीमा कूटनीतिक छलफलबाट समाधान गर्ने बताएका थिए ।

प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा उनले यो विषय समाधानका लागि कोसिस भइरहेको उल्लेख गरेका थिए ।

त्यही क्रममा उनले प्रधानमन्त्री भएपछि थाहा पाएको भन्दै भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भनेका थिए ।

प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिबारे संसद्मा समेत प्रश्न उठेको थियो । तर प्रधानमन्त्रीले आफैं भने संसद्लाई कुनै जवाफ दिएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?