+
+
Shares

सेयर बजार : नेप्से बढ्यो, कारोबार घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार नेप्से ४ अंक बढेर २,५९५ अंकमा पुगेको छ भने कारोबार रकम ४ अर्ब ४६ करोडमा झरेको छ।
  • आज बैंकिङ समूह १.०१ प्रतिशत र व्यापार समूह १.०२ प्रतिशत बढेका छन्।
  • धौलागिरि लघुवित्तको मूल्य १५ प्रतिशत बढ्दा रिजलाइन इनर्जीको ६.२९ प्रतिशत घटेको छ।

२६ असोज, काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से ४ अंक बढेको छ । अघिल्लो कारोबार दिन १७.१५ अंक बढेको नेप्से आजको वृद्धिपछि २५९५ अंकमा कायम भएको छ ।

कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ४ अर्ब ८३ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४६ करोडको भयो । आज १०५ कम्पनीको मूल्य बढ्दा १६५ को घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज सबैभन्दा ठूलो समूह बैंकिङमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै १.०१ प्रतिशत बढ्यो । त्यस्तै व्यापार समूह १.०२ प्रतिशत बढ्यो ।
जीवन बीमा ०.०५, विकास बैंक ०.५३, फाइनान्स ०.२१ प्रतिशत बढे ।

होटल तथा पर्यटन ०.८७, जलविद्युत् ०.४६, लगानी ०.२८, उत्पादन तथा प्रशोधन ०.१९, माइक्रोफाइनान्स ०.०१, निर्जीवन बीमा ०.१२ तथा अन्य ०.४२ प्रतिशत घटे ।

धौलागिरि लघुवित्तको मूल्य १५ प्रतिशत बढ्यो । स्नो रिभर्सको १३.९२, बुंगल हाइड्रोपावरको ४.७५, सुपर माइ हाइड्रोपावरको ३.९८ प्रतिशत मूल्य बढ्यो ।

रिजलाइन इनर्जीको ६.२९, टक्सार पिखुवाखोला हाइड्रोपावरको ५.४२, होटल फरेस्ट इनको ४.०१, नेपाल वेयर हाउजिङको ३.३१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा कुमारी बैंक, घलेम्दी हाइड्रोपावर, साहस ऊर्जा, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्सियल बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?