News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन इन्धन तथा ऊर्जा संरचनामा आक्रमण नगर्ने 'इन्धन युद्धविराम'मा सहमत भएको दाबी गरेका छन्।
- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो घोषणा आफूलाई नयाँ भएको बताउँदै रुस सहमत भए युक्रेन पनि युद्धविराम मान्न तयार रहेको उल्लेख गर्नुभयो।
- ट्रम्पले रुसमाथिको डिजेल प्रतिबन्ध खुकुलो पारेपछि र जेलेन्स्कीमाथि नयाँ राष्ट्रपति चाहिने भनेपछि दुवै पक्षबीच कूटनीतिक तनाव बढेको छ।
२६ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन एकापसका इन्धन तथा ऊर्जा संरचनाहरूमा आक्रमण नगर्न ‘इन्धन युद्धविराम’ मा सहमत भएको दाबी गरेका छन्। यद्यपि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने यसबारे आफूलाई पूर्वजानकारी नरहेको तर रुस सहमत भए युक्रेन पनि सो युद्धविराम मान्न तयार रहेको बताएका छन्।
आइतबार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले भने,”तत्काल लागू हुने गरी रुस र युक्रेनबिचको युद्धमा ‘इन्धन युद्धविराम’ ( इनर्जी सिजफायर ) भएको छ। दुवै पक्ष सहमत भएका छन्। यसलाई कसैले नतोड्नुहोस्!”
ट्रम्पको यो आकस्मिक घोषणापछि अमेरिकी मिडिया ‘एक्सियोस’ सँगको संक्षिप्त कुराकानीमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिक्रिया दिँदै भने,”यो घोषणा मेरो लागि बिलकुलै नयाँ खबर हो। तर यदि राष्ट्रपति ट्रम्पले मस्कोसँग यस्तो सहमति गराउनुभएको हो भने कृपया हामीलाई यो युद्धविराम कहिलेदेखि सुरु हुन्छ भनिदिनुहोस्। हामी रुसी सहमति भएमा यसलाई स्वीकार्न पूर्ण रूपमा तयार छौँ।”
यसअघि एबीसीको ‘दिस वीक’ कार्यक्रममा बोल्दै जेलेन्स्कीले रुसले युक्रेनी ऊर्जा संरचनामा आक्रमण रोकेमा युक्रेनले पनि रुसी आयल रिफाइनरीहरूमा आक्रमण गर्न बन्द गर्ने स्पष्ट पारेका थिए। उनले ट्रम्प प्रशासनको दबाबबारे टिप्पणी गर्दै भनेका थिए,”अन्य पक्षहरूलाई दबाब दिनुभन्दा पुटिनलाई रोक्नु धेरै गाह्रो काम हो।”
ट्रम्पको यो दाबी युक्रेन र ट्रम्प प्रशासनबिच विगत केही दिनदेखि चर्किएको कूटनीतिक तनावका बिच आएको हो। शुक्रबार ट्रम्पले विश्वव्यापी रूपमा अकासिँदो इन्धनको मूल्य घटाउने प्रयास स्वरूप रुसी डिजेल निर्यातमाथिको प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरेका थिए, जसप्रति युक्रेनले कडा आपत्ति जनाएको थियो। लगत्तै शनिबार ट्रम्पले जेलेन्स्कीमाथि युद्ध अन्त्य गर्ने अवसरहरू अस्वीकार गरेको आरोप लगाउँदै युक्रेनले नयाँ राष्ट्रपति चयन गर्नुपर्ने अभिव्यक्ति दिएका थिए।
जवाफमा जेलेन्स्कीले रुस ६० दिनको युद्धविराममा सहमत भए युक्रेन चुनाव गराउन तयार रहेको बताएका थिए।
प्रतिक्रिया 4