+
+
Shares

दिल्लीको जन्तरमन्तरमा अब विरोध प्रदर्शन गर्न नपाइने

दिल्लीमा विरोध प्रदर्शन र धर्ना आयोजना गर्नका लागि जन्तरमन्तरलाई तोकिएको स्थानको सूचीबाट हटाइएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १५:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दिल्लीमा विरोध प्रदर्शन र धर्ना आयोजना गर्ने तोकिएको स्थानको सूचीबाट जन्तरमन्तर हटाइएको छ।
  • केन्द्रीय गृह मन्त्रालयको समितिको सिफारिसका आधारमा दिल्ली पुलिस आयुक्त अनुराग कुमारले सोमबार नोटिस जारी गरेका छन्।
  • अब जन्तरमन्तरको विकल्पमा रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान तोकिएको छ।

२६ असोज, काठमाडौं ।  दिल्लीमा विरोध प्रदर्शन र धर्ना आयोजना गर्नका लागि जन्तरमन्तरलाई तोकिएको स्थानको सूचीबाट हटाइएको छ।

केन्द्रीय गृह मन्त्रालयले गठन गरेको समितिको सिफारिसका आधारमा यो निर्णय लिइएको हो। दिल्ली पुलिस आयुक्त अनुराग कुमारले सोमबार एउटा नोटिस जारी गरेका छन्। उक्त नोटिसमा अब जन्तरमन्तरको विकल्पका रूपमा रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीमा रहेको सीबीडी मैदानलाई तोकिएको उल्लेख छ।

‘गृह मन्त्रालयले गठन गरेको समितिलाई नागरिकहरूको विरोध प्रदर्शन र धर्ना आयोजना गर्ने अधिकारलाई ध्यानमा राख्दै हाल तोकिएका स्थानहरूका विकल्पको समीक्षा गर्ने जिम्मेवारी दिइएको थियो,” नोटिसमा भनिएको छ । यी तीनवटै स्थानमा विरोध प्रदर्शन र धर्ना आयोजना गर्नका लागि एसओपी छुट्टै जारी गरिने नोटिसमा जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?