+
+
Shares

जुवा खेल्दै गरेका ७ जना साढे ५ लाखसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २६ गते १८:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोकर्णेश्वर नगरपालिका–१ ओख्रेनीको एक घरबाट जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।
  • पक्राउ परेकाबाट ५ लाख ५२ हजार ३ सय नगद र ६३ वटा कौडा बरामद भएको प्रहरीले जनाएको छ ।
  • जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

२६ असोज, काठमाडौं । जुवा खेल्दै गरेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोकर्णेश्वर नगरपालिका–१ ओख्रेनीस्थित  एक घरबाट ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका–१ ३९ वर्षीय वीरबहादुर तामाङ, सोही ठाउँका ४९ वर्षीय बुद्धीबहादुर तामाङ, सोही ठाउँका २९ वर्षीय राजन तामाङ, सिन्धुपाल्चोकका २८ वर्षीय समर तामाङ, रामेछापका ३४ वर्षीय बिक्की लामा, सिन्धुपाल्चोकका ३९ वर्षीय रवि थिङ र सिन्धुपाल्चोककै ४० वर्षीय प्रवीन तामाङ छन्  ।

उनीहरूबाट ५ लाख ५२ हजार ३ सय नगद बरामद भएको छ । ६३ वटा कौडा पनि बरामद भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद लिएर अनुसनधान अघि बढाइएको छ । पक्राउ परेका मध्ये बिक्की र रवि यसअघि पनि जुवा खेलेको आरोपमा मुद्दा चलेका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?