+
+
Shares

कांग्रेसको महिला खुला केन्द्रीय सदस्यमा वासना थापाको अग्रता, दोस्रोमा उर्मिला थपलिया

पछिल्लो मतपरिणाम अनुसार उनले ३ हजार ४८४ मत प्राप्त गर्दै अग्रता लिएकी हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते ८:०६

२७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला तर्फको केन्द्रीय सदस्य पदमा वासना थापाले अग्रता लिएकी छन् ।

पछिल्लो मतपरिणाम अनुसार उनले ३ हजार ४८४ मत प्राप्त गर्दै अग्रता लिएकी हुन्।

मतपरिणामअनुसार उर्मिला थपलिया २ हजार ६४७ मतसहित दोस्रो र निमा गिरी २ हजार ६२० मतसहित तेस्रो स्थानमा रहेकी छन्।

त्यस्तै, कुसुमदेवी थापाले २ हजार १२९, धनाकुमारी खतिवडाले २ हजार १२५, अनिता देवकोटाले १ हजार ९३० र विनिता खड्काले १ हजार ८९२ मत प्राप्त गरेका छन्।

लक्ष्मी पाण्डेले १ हजार ७७२, सृजना अधिकारीले १ हजार ७६२, मुना भुसालले १ हजार ६३२, चिनी पोखरेल (चिनु) ले १ हजार ५६४ र रिता थापा मगरले १ हजार ५१० मत पाएका छन्।

त्यसैगरी, कान्तिका सेजुवालले १ हजार ४८१, उमा दाहालले १ हजार ४५८, निर्मला तामाङ बस्नेत (नीरु) ले १ हजार ४२४, अकला गुरुङले १ हजार ३३८ र सम्झना खत्रीले १ हजार २५६ मत प्राप्त गरेकी छन्।

गंगा शाही र निर्मला क्षेत्रीले समान १ हजार २२२ मत प्राप्त गरेका छन्। गीता सत्यालले १ हजार १६७, जमुना ढकालले १ हजार १६०, इन्दिरा चौलागाईंले १ हजार ४१, गण्डकी थापा अधिकारीले १ हजार ३० र भगवती काफ्ले भण्डारीले १ हजार १९ मत पाएका छन्।

यस्तै, नम्रता बरालले ९६७, राधिका कटुवालले ९६६, सुमित्रा कुमारी बमले ९४४, रिता सेन ओलीले ८८९, तुलसी देवकोटाले ८६२, पवित्रा कुमारी अर्यालले ८१७, भवानी देवकोटाले ७९९, यस्मिन ढुंगानाले ७७५, विष्णु कुमारी सापकोटाले ५६९ र मोदती केसीले ५५० मत प्राप्त गरेकी छन्।

उपलब्ध विवरणअनुसार महिला खुला केन्द्रीय सदस्य पदमा ३४ जना उम्मेदवारको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाममा १२ मत बदर भएको उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?