+
+
Shares

किशोरलाई जंगलमा लगेर यातना दिएको भिडियो सार्वजनिक भएपछि पाँच जना पक्राउ

बेलौरी नगरपालिका–९ रतनपुर बस्ने १६ वर्षीय किशोरलाई अपहरण गरी जंगलमा पुर्‍याएर कुटपिट तथा यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते ८:२०

२७ असोज, धनगढी । कञ्चनपुरमा किशोरलाई जंगलमा लगेर धारिलो हतियार देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

बेलौरी नगरपालिका–९ रतनपुर बस्ने १६ वर्षीय किशोरलाई अपहरण गरी जंगलमा पुर्‍याएर कुटपिट तथा यातना दिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–९ कै २१ वर्षीय आशिष बिष्ट, १९ वर्षीय दिलिप भट्ट, २१ वर्षीय शंकर सुनार, २३ वर्षीय सुजित अधिकारी र २२ वर्षीय मिलन तिरुवा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।

उनकाअनुसार उनीहरू पाँचै जनाले ती किशोरलाई २३ असोजको साँझतिर स्थानीय खजुवा जंगलमा पुगाएर धारिलो हतियार खुकुरी देखाएर धाकधम्की दिँदै कुटपिट गरेका थिए ।

उनीहरूविरुद्ध अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग एवंम् अपमानजनक अमानविय व्यवहार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?