News Summary
Generated by OK AI. Editorially reviewed.- ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले ओमानविरुद्धको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
- ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेलमा नेपालले गुल्शन झाको स्थानमा सन्दीप जोरालाई टोलीमा समेटेको छ।
- लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं र ओमान २९ खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ।
२५ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले ओमानविरुद्ध टस जितेको छ ।
ओमान क्रिकेट एकेडेमी टर्फ १ मा अपरान्ह सवा ११ बजेदेखि सुरु हुने खेलमा नेपालका कप्टतान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।
दुवै टोलीले आ-आफ्ना पहिलो खेलमा क्यानडालाई पराजित गरेका थिए ।
नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । गुल्शन झाको स्थानमा सन्दीप जोरा टोलीमा आएका छन् ।
लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा छ भने ओमान २९ खेलबाट ३३ अंकसहित चौथोमा छ ।
नेपालको चौथोसम्म पुग्ने सम्भावना भने सकिइसकेको छ ।
नेपालको प्लेइङ ११ : सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आसिफ शेख, अर्जुन कुमाल, इशान पान्डे, बसिर अहमद, सन्दीप जोरा, करण केसी, नन्दन यादव, ललित राजवंशी
प्रतिक्रिया 4