+
+
Shares

‎साइकलयात्रीको मृत्युपछि आक्रोशित आफन्तद्वारा सप्तरीमा हुलाकी सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको बोदेबरसाईन नगरपालिका–३ कुसमहार चोकमा अज्ञात सवारीसाधनको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको घटनामा प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै स्थानीयले हुलाकी सडक अवरुद्ध गरेका छन्।
  • गत २५ गते बोदेबरसाईन नगरपालिका–६ प्रितमपुरमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा ५५ वर्षीय राजेन्द्र यादव घाइते भएका थिए।
  • उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा यादवको मृत्यु भएको र सडक दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२७ असोज, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिका–३ कुसमहार चोकमा स्थानीयले हुलाकी सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् ।‎

‎अज्ञात सवारीसाधनको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको घटनामा संलग्न सवारीसाधनको खोजीमा प्रहरीले लापरबाही गरेको आरोप लगाउँदै मृतकका आफन्तले सडक अवरुद्ध गरेका हुन् ।‎

‎गत २५ गते बोदेबरसाईन नगरपालिका–६ प्रितमपुरस्थित हुलाकी सडकखण्डमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा बोदेबरसाईन नगरपालिका–१ महनौरीका ५५ वर्षीय राजेन्द्र यादव घाइते भएका थिए ।‎

‎चन्हीबाट कुसमहारतर्फ साइकलमा जाँदै गरेका यादवको टाउकोको पछाडिको भागसहित शरीरका विभिन्न भागमा चोट लागेको थियो । सडक छेउमा घाइते अवस्थामा फेला परेका उनको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको थियो ।

‎जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार सडक दुर्घटना विषयमा अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?