+
+
Shares

हुंकार मधेशले तोक्यो २१ विभागीय प्रमुख

९ असोजमा औपचाक घोषणा गरिएको हुंकार मधेशले सोही अनुरूप सबै योग्य व्यक्तिहरूलाई जिम्मेवारी दिइएको प्रवक्ता झाले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १५:०१

२७ असोज, काठमाडौं । हुंकार मधेशले विभागीय प्रमुखहरूको जिम्मेवारी तोकेको छ । हुंकार मधेशले मंगलबार संगठनको सबैभन्दा महत्वपूर्ण मानिएको विभागका प्रमुखहरूको जिम्मेवारी तोकेको हो ।

पहिलो चरणमा २१ वटा विभागीय प्रमुखहरूको जिम्मेवारी तोकिएको प्रवक्ता केशवकुमार झाले जानकारी दिए ।

हुंकार मधेशले विभागिय प्रमुखका लागि कम्तीमा स्नातक तह उतीर्ण र विषयविज्ञ हुनुपर्ने प्रावधान राखेको थियो ।

९ असोजमा औपचाक घोषणा गरिएको हुंकार मधेशले सोही अनुरूप सबै योग्य व्यक्तिहरूलाई जिम्मेवारी दिइएको प्रवक्ता झाले बताए ।

उनीहरूलाई सातदिन भित्र कार्ययोजना, कार्यविधि र सयदिने कार्यक्रमको कार्यसूचीको खाका बनाएर पेश गर्न भनिएको छ ।

हुंकार मधेशले दशैंलगतै झापादेखि कञ्चनपुरसम्म सयदिने हुलाकी यात्रा सुरु गर्ने कार्यक्रम यसअघि नै तय गरेको थियो ।

यी हुन् विभागीय प्रमुखहरू

१. संवाद तथा समन्वय विभाग– रामकुमार कश्यप

२. प्रचारप्रसार तथा प्रकाशन विभाग – केशव कुमार

३. संगठन विभाग – कौशलेन्द्र कौशल

४. कानुन तथा न्याय विभाग – रत्नेश्वर सनातनी

५. आईटी तथा कार्यमूल्यांकन विभाग – रोशन कुमार

६. बौद्धिक तथा पेसाकर्मी विभाग – डा. एनएन. भारद्वाज

७. आर्थिक विभाग – सचिदानन्द यादव

८. अनुशासन विभाग – श्री राजाराम यादव

९. प्रशिक्षण तथा नीति अनुसन्धान विभाग – मनोहर मानव

१०. सहकारी, कर्पोरेट तथा उद्यमशीलता विभाग – कृष्ण कुमार

११. स्वंयसेवी सुरक्षा दस्ता विभाग – उमेश सिंह

१२. युवा तथा विद्यार्थी विभाग – पंकज आनन्द

१३. वैदेशिक रोजगार विभाग – मनिष कुमार

१४. सूचना तथा सञ्चार विभाग – पुष्पा प्रिया

१५. संघीय मामिला विभाग – मधुमाया यादव

१६. शिक्षा तथा संस्कृति विभाग – इन्द्रजित साफी

१७. उद्योग, व्यापार, वाणिज्य तथा व्यवसाय विभाग – सन्दीप त्रिपाठी

१८. नागरिकता तथा भूमिहिन समस्या समाधान विभाग – अंगद यादव

१९. कृषि विकास तथा अनुसन्धान विभाग – रामकिशुन नायक

२०. विज्ञान तथा प्रविधि विभाग – प्रो. विजय महासेठ

२१. शहीद तथा घाइते व्यवस्थापन विभाग – मो. युसुफ साफी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?