+
+
Shares

सेयर बजार २५९९ अंकमा, जीवन बीमामा आकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १५:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मंगलबार नेप्से ४.१२ अंक बढेर २,५९९ मा पुगेको छ, भने कारोबार रकम ४ अर्ब ७३ करोड रुपैयाँ भएको छ ।
  • आज १०४ कम्पनीको मूल्य बढ्दा १६७ को घटेको छ, र जीवन बीमा समूह १.७७ प्रतिशत तथा बैंकिङ ०.६९ प्रतिशत बढेका छन् ।
  • सगरमाथा जलविद्युत्को मूल्य १२.४४ प्रतिशत बढ्दा स्नो रिभर्स १५, धौलागिरि लघुवित्त १२.८७ र कुथेली बुखरी स्मल हाइड्रोपावर ४.६५ प्रतिशत घटेका छन् ।

२७ असोज, काठमाडौं । मंगलबार पनि सेयर बजार परिसूचक नेप्से ४.१२ अंक बढेको छ । अघिल्लो कारोबार दिन ४ अंक नै बढेको नेप्से आजको वृद्धिपछि २५९९ अंकमा कायम भएको छ ।

कारोबार रकम केही बढेको छ । अघिल्लो दिन ४ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ७३ करोडको भयो । आज १०४ कम्पनीको मूल्य बढ्दा १६७ को घटेको छ । ७ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज जीवन बीमा समूहमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै १.७७ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ समूहले पनि वृद्धिलाई निरन्तरता दिएको छ । सो समूह ०.६९ प्रतिशत बढेको छ । बैंकिङ ६ महिनाकै उच्चतम विन्दुमा पुगेको छ ।

विकास बैंक ०.०५, लगानी ०.१३ तथा निर्जीवन बीमा ०.५३ प्रतिशत बढे । फाइनान्स ०.३१, होटल तथा पर्यटन ०५८, जलविद्युत् ०.४४, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०९, अन्य ०५२ र व्यापार समूह ०.४० प्रतिशत घटे ।

सगरमाथा जलविद्युत् कम्पनीको मूल्य १२.४४ प्रतिशत बढ्यो । ओरियन्टल होटल्सको ३.७४, सन नेपाल लाइफ इन्स्योरेन्सको ३.१७, भगवती हाइड्रोपावरको ३.१३, घलेम्दी हाइड्रोपावरको ३.१२ प्रतिशत मूल्य बढ्यो ।

स्नो रिभर्सको १५, धौलागिरि लघुवित्तको १२.८७, कुथेली बुखरी स्मल हाइड्रोपावरको ४.६५, सिटी होटलको ३.६५ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, माउन्टेन इनर्जी नेपाल, कुमारी बैंक, रिलायन्स स्पिनिङ मिल्स, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक तथा सिटी होटल क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?